Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

प्रदेश अस्पतालमा विहान ९ देखि ४ बजेसम्म सेवा शुरु

सुर्खेत  :  कर्णाली प्रदेश अस्पतालले सेवालाई प्रभावकारी बनाउन दैनिक विहान ९ बजेदेखी साँझ ४ बजेसम्म सेवा प्रवाह शुरु गरेको छ । विरामीहरुको बढ्दो भीडलाई मध्यनजर गर्दै अस्पतालले प्रभावकारी सेवाका लागि समय तय गरेको हो ।
‘यसअघि १० बजेबाट अस्पतालका ओपीडीतर्फका सेवा शुरु गरिएको थियो,’ अस्पतालका प्रवक्ता डा विकास केसीले भने, दुई हप्तादेखि सार्वजनिक विदाको दिन बाहेक अन्य समयमा दैनिक विहान ९ बजेबाट साँझ ४ बजेसम्म सेवा दिन शुरु गरेका छौं ।

समयावधि थपसँगै सेवाग्राहीहरुलाई छिटो र प्रभावकारी सेवा प्रदान गर्न अस्पताल परिवार गम्भीर रहेको डा। केसीले बताए । उनकाअनुसार ९ बजेबाट शुरुभएका सेवाहरुमा सर्जरी, डेण्टल, अर्थो, बालरोग, हाडजोर्नी, जनरल, सर्जरी लगायतका छन् । साँघुरो ठाउँबाट सेवा प्रवाह गर्दै आएको अस्पताल नयाँ भवनमा सरेसँगै सेवाग्राहीहरुलाई सेवा दिन सहज भएको अस्पतालले जनाएको छ ।

सरकारी अस्पतालहरुमा ९ बजेखि सेवा शुरु लागु गर्ने पहिलो प्रदेश अस्पताल भएको दावी गरिएको छ । अस्पतालले दुइ महिनादेखी बन्द रहेको सिटी स्क्यान सेवा पनि शुरू गरेको प्रवक्ता केसीले जानकारी दिए । सिटी स्क्यान विग्रिएपछि तत्काल मर्मतका लागि सामान चीनबाट ल्याउनु पर्ने भएपछि मर्मतमा ढिलाइ भएको उनले बताए । साभार नेपाली रैवार