Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

नेकपा एस संसदीय दलको कार्यालय स्थापना

फोटो सभार नेपाल प्रेस

काठमाडौं  :  एमालेबाट विद्रोह गरेर गठन गरिएको नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको कार्यालय स्थापना गरिएको छ । सिंहदरबारस्थित संघीय संसद सचिवालयको एक नम्बर भवनमा दलको कार्यालय राखिएको हो ।

संसदीय दलको कार्यालयमा दलका नेता अध्यक्ष माधवकुमार नेपालले आज पदभार ग्रहण गरेका छन् । त्यस्तै, राष्ट्रियसभा संसदीय दलका नेता बेदुराम भुसालले पनि जिम्मेवारी सम्हालेका छन् ।  नेकपा एस दर्ता प्रक्रियामा प्रतिनिधिसभाका २३ र राष्ट्रियसभाका ७ गरी ३० जनाले निर्वाचन आयोगसमक्ष सनाखत गरेका थिए ।