Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

१८ सय कोभिड बिरामी थपिए, २२ सय जना संक्रमणमुक्त

काठमाडौं  : पछिल्लो २४ घण्टामा १८ सय ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार १७६ वटा नमूना ९पीसीआर ९४०९ र एन्टीजेन ३७६७० परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार २७ जनाको मृत्यु भएको छ भने २२ सय २२ जना निको भएका छन् ।

हालसम्म मुलुकमा ३६ हजार ८६६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित रहेका छन् भने १० हजार ६९० जनाले ज्यान गुमाएका छन् ।