Loading... आजः शनिबार, मंसिर ११, २०७८
Trending

मन्त्रिपरिषद्‍‍लाई पूर्णता दिनेबारे देउवा –प्रचण्ड भेटवार्ता


काठमाडौं  :  प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। भेटमा मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको बताइएको छ।

प्रचण्ड सचिवालयले जनाएअनुसार शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र प्रचण्डबीच छलफल भएको हो। देउवालाई संसदमा विश्वासको मत दिएका माधवकुमार नेपालको दल नेकपा ९एकीकृत समाजवादी० र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०को दर्ता प्रक्रिया पूरा भएकाले छिट्टै मन्त्रिपरिषद्‌लाई पूर्णता दिने तयारीबारे छलफल भएको हो।

यसअघि माधव नेपाल समूह एमालेबाट छुट्टिनसकेकाले सरकारमा सहभागी हुन प्राविधिक कठिनाइ भएकाले मन्त्रिपरिषद् बिस्तार रोकिएको थियो। देउवा प्रधानमन्त्री भएको डेढ महिना नाघिसके पनि अहिले जम्मा चारजना मात्रै मन्त्री छन्।  देउवा र प्रचण्डबीच सत्तारुढ गठबन्धनलाई थप बलियो बनाउने विषयमा पनि छलफल भएको छ।

error: Content is protected !!