Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

आइतवार देखी मालपोत कार्यालय खुल्ने

सुर्खेत  :  कर्मचारीहरूमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि बन्द रहेको मालपोत कार्यालय सुर्खेत भोली आइतवारबाट सञ्चालनमा आउने भएको छ । कार्यालयले झन्डै दुई सातादेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको थियो । सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रही प्रदान गरिँदै आएका सम्पूर्ण सेवा भदौ २ देखि बन्द थिए ।

यसअघि भदौ १५ गतेसम्म सेवा स्थगन गर्ने भनिएपनि कार्यालयले पुनः अर्को सूचना जारी गरेर १३ गतेबाट नै सबै सेवा सञ्चालन गरिने जनाएको हो । कार्यालयले विभाग, अदालत, प्रशासन, अन्तर सम्बन्धित निकाय र प्रहरी कार्यालयसँग सम्बन्धित अत्यावश्यक सेवा भने यो बीचमा पनि नियमित सञ्चालन गरिरहेको थियो ।