Loading... आजः बिहिबार, जेष्ठ ३, २०८१
Trending

सोमबार ३४ सय संक्रमित थपिए, ३५ जनाको मृत्यु

काठमाडौं  : पछिल्लो २४ घण्टामा मुलुकमा ३४ सय ५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । १५ हजार ६११ जनाको नमुना (पीसीआर १००९३ र एन्टीजेन ५५१८) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३५ जनाले ज्यान गुमाएका छन् भने २४ सय ५८ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोनाभाइरस संक्रमणदर २२ः१० प्रतिशत रहेको छ भने संक्रिय संक्रमितको संख्या ३९ हजार ३७१ रहेको छ ।

हालसम्म कोरोनाभाइरस संक्रमितको संख्या ७ लाख ३४ हजार ८३८ जना पुगेको छ भने १० हजार ३२७ जनाको मृत्यु भईसकेको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म आईसीयूमा ७९५ जना, भेन्टिलेटरमा १९७ जना, होम आइसोलेशनमा ३६०३६ जना, संस्थागत आइसोलेशनमा ३३३५ र क्वारेन्टाइनमा ४०२ जना रहेको तथ्यांकमा उल्लेख छ । गत २४ घण्टामा १ लाख ५८ हजार ३३५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।