Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

जसपा विवादमा आयोगको निर्णयलाई सर्वोच्चको मान्यता


काठमाडौं  :  सर्वोच्च अदालतले जसपाको आधिकारिकता उपेन्द्र यादवलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरको मागबमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।
न्यायाधीश दिपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सोमबार ठाकुरको निवेदनमाथि सुनुवाइ गर्दै आयोगको निर्णयले तत्काल ठाकुर पक्षलाई अपूरणीय क्षति पुग्ने अवस्था नदेखिएको भन्दै अन्तरिम आदेश दिन अश्वीकार गरेको हो ।

अदालतले आयोगको निर्णयलाई नै मान्यता दिँदै ठाकुरको माग अश्वीकार गरेको हो । ठाकुरको पक्षबाट वरिष्ठ अधिवक्ता सुरेन्द्रकुमार महतो, प्रकाशबहादुर केसी, विजयकान्त मैनाली, ईश्वरी भट्टराईलगायतले बहस गरेका थिए ।

उपेन्द्र यादवको पक्षबाट भने महादेव यादव, हरिहर दाहाल,मुक्ती प्रधान,दिनेश त्रिपाठी,टिकाराम भट्टराई,वीरेन्द ठाकुर,दिनमणी पोखरेल लगायतले बहस गरेका थिए ।