एमाले कार्यदल बैठक निष्कर्ष उन्मुख, भोलिसम्म टुङ्गो लाग्ने
काठमाडौं : नेकपा एमाले कार्यदलको आज बसेको बैठक गम्भीर एवम् सकारात्मक रहेको कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले बताए । उनले बैठकका लागि बिहान साढे ८ बजेदेखि तयारी भए पनि बैठक केही समय पछाडि सरेको पनि बताए । एमाले पार्टी एकताका लागि कार्यदलले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालसँग पनि भेट गरी आज साँझसम्म टुङ्गोमा पु¥याइने पनि नेम्वाङले बताए ।
आवश्यक परेको खण्डमा पार्टी अध्यक्ष ओली र नेता नेपालबीचमा भेटको सम्भावना पनि रहेको उनले बताए । यसपश्चात् भोलिसम्म कार्यदलको बैठक औपचारिकरुपमै टुङ्गोमा पुग्ने नेता नेम्वाङले बताएका छन । समग्रमा एमाले कार्यदलको बैठक आशावादी रहेको उनको भनाइ छ । आजको कार्यदलको बैठक निष्कर्ष उन्मुख रहेको एमाले पार्टी प्रवक्ता एवम् कार्यदलका नेता प्रदीपकुमार ज्ञवालीले बताए ।
एमाले पार्टीको आन्तरिक विवाद समाधानका लागि गठित दश सदस्यीय कार्यदलको पार्टी एकताका सम्बन्धमा भोलि बिहीबारसम्म टुङ्गो लाग्ने पनि ज्ञवालीले बताए । हामी भोलिसम्म टुङ्गोमा पु(याउने गरी बैठक बस्नेछौं ज्ञवालीले आजको बैठकबारे बताउदै उनले केही प्राविधिक समस्या नआए भोलिसम्ममा टुङ्गोमा पुग्छौं ।