Loading... आजः बिहिबार, मंसिर १६, २०७८
Trending

दुई हजार ९७९ संक्रमित थपिए, १३३३ संक्रमणमुक्त

काठमाडौं  :  पछिल्लो २४ घण्टामा २ हजार ९७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ हजार ३३३ जना संक्रमणमुक्त भएका छन्।
७ हजार ८३५ जनाको पीसीआर र ४ हजार ६३ जनाको एन्टीजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणमा उल्लेख छ। आज कुल परीक्षणको २६।५ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा २८ जना संक्रमितको मृत्यु भएको छ।

नेपालमा हालसम्म ६ लाख १४ हजार ३२७ जना संक्रमणमुक्त भएका छन् भने ९ हजार २९१ जना संक्रमतिको मृत्यु भएको छ। हाल सक्रिय संक्रमितको संख्या २३ हजार ७५६ रहेको मन्त्रालयले जनाएको छ।

error: Content is protected !!