Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

काँग्रेसका तीन सभापतिका दाबेदारहरुबीच छलफल

काठमाडौं :  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आसन्न १४ औँ केन्द्रीय महाधिवेशनका सन्दर्भमा सोमबार काँग्रेसका तीन सभापतिका दाबेदारहरुबीच भेट तथा छलफल भएको छ ।

सभापतिका आकांक्षी काँग्रेसका उपसभापति विमलेन्द्र निधिको निवासमा काँग्रेसका महामन्त्री डा शशांक कोइराला, काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच भेट भएको सिंहका प्रेस संयोजक यूपी लामिछानेले जानकारी दिए ।

भेट पारिवारिक रहेपनि काँग्रेसको आसन्न महाधिवेशन तथा राजनीतिक विषयमा छलफल भएको छ । महाधिवेशन छलफल र सहमतिबाटै नेतृत्व चयन गर्ने विषयमा नेता निधिले कुरा उठाएको श्रोतले जनाएको छ ।