Loading... आजः शुक्रबार, अशोज ८, २०७८
Trending

निरोगी जीवनका लागि योग र साधना अनिवार्य

दैलेख :  निरोगी जीवनका लागि योग र साधना आवश्यक अनिवार्य भएको बताईएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेख आयुर्बेद शाखाको आयोजनामा सातौ अन्तराष्ट्रिय योग दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले योग र साधनाले निरोगी जीवन बिताउन सकिने बताएका छन ।

सातौ अन्तराष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नारायण नगरपालिका दैलेखका उप मेयर सावत्रि मल्लले निरोगी जीवन ब्यतित गर्नका लागि योग र साधना आवश्यक रहेको बताइन । उनले कोरोना महामारी जस्ता संक्रामक रोग संग लड्ने क्षमता समेत योग र साधना बाट प्राप्त गर्न सकिने बताउँदै प्रत्येक नागरिकले समयको व्यवस्थापन गरेर योग र साधना गर्नु पर्ने बताइन ।

उनले आफुलाई कोरोना संङक्रमण देखिएको अवस्थामा समेत योग र साधनाले गर्दा आफु छिटो निको भएको बताउँदै सरकारले आयुर्बेद लाई थप बजेटको ब्यवस्था गरी आयुर्बेदिक सेवालाई प्रभावकारी बनाउन माग गरिन । उनले भनिन नारायण नगरपालिका दैलेख बाट बेलास्पुर आयुर्बेद औषधालयलाई सहयोग गरेको भन्दै त्यस बाट नागरिकले सहज रुपमा सेवा उपलब्ध भएको छ ।

स्वास्थ्य सेवा कार्यालय आयुर्बेद शाखाका डाक्टर प्रज्ञा उपाध्याले पछिल्लो समय योग प्रति मानिसहरुको आकर्षण वढेको बताउँदै जिल्लाका हरेक स्थानीय तहमा योग र साधना गर्न आवश्यक पर्ने पुर्बधार र बजेटको ब्यवस्थापन गर्नु पर्ने बताइन ।उनले बिश्वमा देखिएका ठूला चुनौतिहरुको सामना समेत योगको माध्यम बाट गर्न सकिने भन्दै डाक्टर उपाध्यायले योगले समुन्नत राष्ट्र निमार्णमा अहम भूमिका निर्वाह गर्ने बताइन ।

अस्पताल विकास समितिका अध्यक्ष लोमन शर्माले सरुवा रोग भन्दा नसर्ने रोगका कारण पछिल्लो समयमा मानिसहरुको ज्यान जाने गरेको प्रति चिन्ता ब्यक्त गर्दै खानपान , सकारात्मक सोच , आहार र ब्यवहार र दैनिक योग र साधना गर्दा रोग नलाग्ने बताए ।
स्वास्थ्य सेवा कार्यालयका प्रमुख थीर प्रसाद रेग्मीले जिल्लामा पछिल्ला दिनहरुमा योग गर्नेहरुको संख्यामा उल्लेख्य रहेको भएपनि अझै प्रभावकारी बनाउन बिद्यालय स्तरबाट योग र सधना सिकाउन सकेमा नैतिकबान बिद्यार्थि उत्पादन हुने बताए । सातौ अन्तराष्ट्रिय योग दिवसमा पतन्जली योग समितिका अध्यक्ष योेग गुरु शंकर थापाले योगा गराएका थिए ।

error: Content is protected !!