Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

सांसद निष्काशन सम्बन्धी मुद्दा पूर्ण इजलासमा पठाइने


काठमाडौं :  लुम्बिनी प्रदेशका जनता समाजवादी पार्टीका चार सांसदको निष्काशनसम्बन्धी मुद्दा पूर्ण इजलासमा पठाइएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयालको संयुक्त इजलासले जनता समाजवादी पार्टीका लम्बिनी प्रदेश सभाका सांसदको रिटको मुद्दा असार २१ गते बस्ने पूर्ण इजलासबाट गर्ने गरी पठाउने निर्णय गरेको हो ।

‘यसमा प्रत्यर्थी प्रदेश निर्वाचन आयोग लुम्बिनीको दिखित जवाफ म्याद भित्र पेश नभएको र अन्य प्रत्यथीहरुका तर्फबाट लिखित जवाफ पेश भइसकेको देखिँदा सुनुवाईका लागि पेश गर्नु,’ न्यायाधीशद्वाय द्वारा जारी आदेशमा भनिएको छ ।असार २ गते निलम्बित चार सांसदहरुको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो । जसपा संसदीय दलको पत्रका आधारमा लुम्बिनी प्रदेश सभाले सांसदहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई वैशाख १५ गते प्रदेश सभा सदस्यबाट निष्कासन गरेको थियो । त्यसविरुद्ध चारै जना सांसद सर्वोच्च पुगेका थिए ।

निलम्बित चारै जना सांसदलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको साढे तीन घण्टामै वैशाख ६ गते तीन जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए । उनीहरुमध्ये एक जना सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिएनन् ।