Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

तीन हजार ८७० थपिए, छ हजार ५७० कोरोनामुक्त

काठमाडौं :  नेपालमा कोरोनाभाइरसका तीन हजार ८७० सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १२ हजार ६५ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ९५ हजार ३६४ पुगेको छ । सोही अबधिमा पाँच हजार ६११ जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार २८३ को रिपोर्ट पोजेटिभ आएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा छ हजार ५७० सङ्क्रमित कोरोनामुक्त भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा पाँच लाख चार हजार ५३० जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । निको हुने दर ८४.७ प्रतिशत पुगेको छ ।मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १०८ जना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ हजार नाघेको छ । हालसम्म आठ हजार ९८ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

error: Content is protected !!