Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

कर्णाली प्रदेशको वर्षे अधिवेशन जेष्ठ २४ गते बोलाइयो

सुर्खेत  :  कर्णाली प्रदेशसभाको आठौँ ९वर्षे०अधिवेशन बोलाइएको छ । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले अधिवेशन यहि जेष्ठ २४ का लागि आव्हान गरेका हुन् ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यहीँ जेष्ठ २४ गते दिउँसो २ बजेदेखि अधिवेशन सुरु हुनेछ । हिजो(बिहीबार) बसेको सर्वदलीय बैठकले प्रदेशसभाको वर्षे अधिवेशन अविलम्ब बोलाउन आग्रह गरेको गरेको थियो ।

भने प्रतिपक्षी दल नेकपा एमालेले भने बजेट अधिवेशन बोलाउन यसअघि नै आग्रह गरिसकेको छ । सरकारले नयाँ आर्थिक वर्षका लागि झण्डै ३० अर्बको बजेट ल्याउने तयारी गरेको छ।