Loading... आजः सोमवार, जेष्ठ ३१, २०७८
Trending

भेरी नदीमा डुबेर बहिनीको ज्यान गयो, दिदी बेपत्ता

रुकुम पश्चिम  :  रुकुम पश्चिमकी एक बालिकाको भेरी नदीमा डुबेर ज्यान गएको छ । चौरजहारी नगरपालिका वडा नम्बर १२ का अम्मर डाँगीकी ११ वर्षीया छोरी गीता डाँगीको नदीमा डुबेर ज्यान गएको हो ।

जाजरकोटको भेरी नगरपालिका १ रावत गाउँमा आफन्त भेट्न गएकी गीताकी दिदी दीपा नदीमा बगेर बेपत्ता हुनुभएको प्रहरीले जनाएको छ । रामबहादुर डाँगी घाइते हुनुभएको छ । रामबहादुरलाई नदीले बगाउँदै गर्दा स्थानीयवासीले उद्धार गरेका हुन् । आफन्त भेट्न गएका उनीहरू गर्मी छल्न नदीमा पौडी खेल्दा बगाएको हो ।

error: Content is protected !!