Loading... आजः बिहिबार, मंसिर १६, २०७८
Trending

पर्वतारोहण मङ्गलबार देखि बन्द हुने

काठमाडौं  :  गुणस्तरीय पर्यटन क्षेत्र मानिने पर्वतारोहण भोलि मङ्गलबार देखि बन्द हुने भएको छ । यस वर्षको वसन्त ऋतुको आरोहण अन्य हिमालको यस अघिनै सम्पन्न भइसकेको थियो भने सगरमाथा आरोहण भने मङ्गलबार सम्पन्न गरी बन्द हुने पर्यटन विभागले जनाएको छ । यस वर्षको आरोहण करिव ४५ प्रतिशतले सफल भएको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

पर्वतारोहणमा प्रमुख मानिने सगरमाथा आरोहण भने खराब मौसम र कोरोना भाईरस महामारीका बीच पनि यस वर्ष लक्ष्यभन्दा बढीले आरोहण गरेको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए । आधारशिविर भन्दा माथि चढेका आरोही मध्ये ९० प्रतिशत आरोहण सफल भएको तर आरोहण अनुमति लिएका आरोहीको तुलनामा भने करिव ४५ प्रतिशत मात्र आरोहण सफल भएको उनले जानकारी दिए । पर्यटन विभागको तथ्याङ ४३ आरोहणदलबाट ४०८ जना आरोहीले आरोहण अनुमती लिएका थिए । यीमध्ये करिब २०० आरोहीले आरोहण सम्पन्न गरेको श्रेष्ठको भनाइ छ ।

आरोही गाइड र आरोही गरी आधा रशिविरभन्दा माथि जानेको तथ्याङक ११ सय रहेको मध्ये करिव ४५० जनाले मात्र आरोहण सफल गरेका छन् ।

error: Content is protected !!