Loading... आजः सोमवार, असार ७, २०७८
Trending

राष्ट्रियसभाको उपनिर्वाचनमा पाण्डे विजयी

दाङ  :  लुम्बिनी प्रदेशअन्तर्गतको राष्ट्रियसभाको उपनिर्वाचनको मतदानमा कपिलवस्तुका दृगनारायण पाण्डे विजयी भएका छन । नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका पाण्डे चार हजार १ ४० मतभारले विजयी भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत गेहेन्द्र कुँवरले जानकारी दिए ।

माओवादी केन्द्र, उपेन्द्र यादव पक्षको जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थनमा उम्मेदवार बनेका पाण्डेले प्रदेश सभातर्फ दुई हजार १६ र स्थानीय तहतर्फ दुई हजार १ सय २४ मतभार प्राप्त गरी जम्मा चार हजार १ सय ४० मतभार प्राप्त गरेको कुँवरले जानकारी दिए ।
उनका प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका चन्द्रबहादुर खड्काले तीन हजार ६ सय १२ मतभार प्राप्त गरेका छन । महन्थ ठाकुर पक्षको जनता समाजवादी पार्टीले समर्थनमा उम्मेदवार बनेका एमालेका खड्काले प्रदेश सभातर्फ १ हजार ९ सय २० र स्थानीय तहतर्फ १ हजार ६ सय ९२ गरी ३ हजार ६ सय १२ मतभार प्राप्त गर्नुभएको सूचना अधिकृत कुँवरले जानकारी दिए ।
मतदानमा २ सय ९७ मत खसेको प्रमुख निर्वाचन अधिकृत थापाले जानकारी दिए । उनका अनुसार ३ मत बदर भएको छ । कोरोना संक्रमित मतदाताका लागि छुट्टै मतदान केन्द्र तोकिएको थियो ।

error: Content is protected !!