Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

छ हजार ९५१ संक्रमित थपिदा नौ ८४१ जना डिस्चार्ज

काठमाडौं  :  शुक्रबार नेपालमा कोरोनाभाइरसका ६,९५१ जना संक्रमित थपिएका छन् । २० हजार ११० नमुना एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९६ जनाको मृत्यु भएको छ । निको हुने संख्यामा वृद्धि भएको छ । ९८४१ जना निको भएका छन् । निको हुने दर ७८.०७ प्रतिशत पुगेको छ । सक्रिय संक्रमित संख्या पनि ओरालो लागेको छ । १ लाख १३ हजार ३९४ जना सक्रिय संक्रमित छन् ।

कूल संक्रमित संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । कूल मृत्यु संख्या ७ हजार ४७ पुगेको छ । कूल निको हुने संख्या ४ लाख २८ हजार पुगेको छ ।

error: Content is protected !!