Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

संवैधानिक इजलासको सुनुवाइ सकियो, अर्को सुनुवाइ आइतबार

काठमाडौं  :  प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको संवैधानिक इजलासको सुनुवाइ अब जेठ १६ गते आइतबार हुने भएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी ३० वटा रिटमाथिको सुनुवाइ शुक्रबार सुरु भएको थियो ।

शुक्रबारको सुनुवाइ दिउँसो ३ बजेसमम भयो अब यसैको निरन्तर सुनुवाइ आउँदो आइतबार हुने सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले बताए । भोलि जेठ १५ गते सुनुवाइ नहुने भए पनि यसलाई स्थगित भन्न नमिल्ने ढकालको भनाइ छ ।स्थगित भएको होइन, आज काम गर्दा गर्दा समय सकियो अब अर्को बहस आउँदो आइतबार हुनेछ, उनले गोरखापत्र अनलाइनलाई जानकारी दिए ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन ।

error: Content is protected !!