Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

चिकित्सकमाथि भएको दुर्व्यवहारप्रति राष्ट्रपतिबाट दुःख व्यक्त

काठमाडौं  :  भेरी अस्पतपालका चिकित्सक र नर्समाथि बिहीबार राति भएको दुर्व्यवहारप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गरेकी छिन । ट्वीटर मार्फत उनले आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक भएको उल्लेख गरेकी हुन ।

दुःख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ, यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व भएको उल्लेख गर्दै घटनापछि चिकित्सक सम्वद्ध सङ्घ संस्थाले दोषीउपर कारवाही हुनुपर्ने माग राख्दै आएका छन् । यता सरकारले भने बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरी छानबिन शुरु गरेको जनाएको छ ।