Loading... आजः आइतवार, जेष्ठ ६, २०८१
Trending

मृत्यु भएका परिवारलाई गाउँपालिकाले पच्चास हजार दिने

दैलेख  : कोरोना संङक्रमण बाट मृत्यु भएका परिवारलाई पच्चास हजार दिने निर्णण गरिएको छ । जिल्लाको महाबु गाउँपालिकाले कोरोना सङ्क्रमणका कारण मृत्यु भएका परिवारलाई दाहसंस्कार खर्च र क्रिया खर्च गरी यो रकम राहतस्वरूप उक्त रकम दिने निर्णय गरेको हो ।

महावु गाउँपालिकाका अध्यक्ष जंग बहादुर शाहीले गाउँपालिका कोरोना संङक्रमणका कारण मृत्यु भएका परिवारलाई आर्थिक सहयोग पुगोस भन्ने उद्देश्यले उक्त निर्णय गरेको बताए । उनले कोरोना सङक्रमण बाट मृत्यु भएका परिवारलाई ५० हजार दिने निर्णय गरे संगै महावु गाउँपालिकाका कार्यपालिका सदस्य इन्द्र बहादुर सुनारको परिवारलाई उक्त रकम दिएको बताए ।

उनले भने कोरोनाको नयाँ भेरियन्ट फैलिएसँगै नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर गाउँपालिकाले पाँच बेडको अक्सिजनसहित २५ बेडको कोरोना अस्पताल सञ्चालनमा ल्याएका गाउँपालिकाका प्रत्येक नागरिकको स्वास्थ्य परिक्षण आवश्यक औषधी वितरण गरिरहेका छौ ।कोरोनाको नयाँ भेरियन्ट फैलिएयता महाबु गाउँपालिकामा हालसम्म ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भइसकेको गाउँपालिकाले जानकारी दिएको छ ।

यसअघि कर्णाली प्रदेश सरकारले पनि कोरोनाबाट मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ । जिल्लाका ११ स्थानीय तह मध्ये कोरोना संङक्रमण बाट मृत्यु भएका परिवारलाई आर्थिक सहायता दिने निर्णय गर्ने पहिलो गाउँपालिका महावु गाउँपालिका भएको छ ।