Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

पूर्व आपूर्ति सहायक मन्त्री डा. प्रेमबहादुर शाहीको निधन

 

दैलेख  :  पूर्व आपूर्ति सहायक मन्त्री डा. प्रेमबहादुर शाहीको निधन भएको छ । पूर्व सहायक मन्त्री शाहीको बिहीवार राती काठमाण्डौंमा निधन भएको हो । आठ वर्षदेखि दम रोगले ग्रसित ७७ वर्षीय डा. शाहीको शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उनको जन्म २००१ जेठ ५ गते दैलेखको दुल्लू नगरपालिका–१० गमौडीको सातखम्बमा भएको हो । शाही २०४३ को आम निर्वाचनबाट तत्कालिन राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएपछि तीन वर्ष सहायक मन्त्री भएका थिए । डा. शाही स्वदेशी विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी उपाधी प्राप्त गरेर संसदमा निर्वाचित हुने पहिलो नेपाली र दैलेख जिल्लाबाट विद्यावारिधी गर्ने पहिलो व्यक्ति समेत हुन ।

उनले २०३८ सालमा त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी (पीएचडी) गरे गरेका थिए । उनले राजनीति शास्त्रमा एमए र व्यवस्थापनमा एमकम गरेका थिए । दैलेखको दुल्लू नगरपालिका–१० गमौडीमा जन्मिएका पूर्व सहायक मन्त्री डा. शाहीले ‘प्रजातन्त्रदेखि गणतन्त्रसम्मका उपलब्धी’ नामक विकास विवेचना पुस्तक लेखेका थिए । डा. शाहीको विकासजन्य इतिहास कृति ‘प्रजातन्त्रदेखि गणतन्त्रसम्मका उपलब्धीहरु’ (२००७ देखि २०७७ सम्म) प्रकाशित छ । डा. प्रेमबहादुर शाही स्वदेशी विश्वविद्यालय त्रिवीबाट विद्यावारिधी गरी संसदमा निर्वाचित हुने पहिलो नेपाली हुन ।