Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

घर भत्कीदा बृद्धा महिलाको मृत्यु

दैलेख  :  बिहीवार राती देखि परेको अबिरल बर्षातले घर भत्किँदा दैलेखमा एक जनाको मृत्यु भएको छ । जिल्लाको भैरबी गाउँपालिका–२ रावतकोटस्थित बालेसैनीकी ६२ बर्षीया बृद्धा लक्ष्मी थापाको मृत्यु भएको हो । बर्षातले घर भत्किदा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक ईन्द्रजित सुनारले जानकारी दिए ।

अबिरल बर्षातले दुई तले मुण्डा घरको (माटोले छाएको घर) बरण्डा भत्काएको प्रहरीले जनाएको छ । लक्ष्मीका तीन जना नातीनतिना र छोरालाई भने सकुशल रहेको प्रहरी निरिक्षक सुनारले जानकारी दिए े । घरमा लक्ष्मी सहित तीन नातीनतिना र एक छोरा थिए ।

घर भत्किँदा च्यापिएर ज्यान गुमाएकी लक्ष्मी केहि दिनअघि देखि ज्वरो आउने लगाएतका स्वास्थ्य समस्याले थलीएको स्थानीयले जानकारी दिएका छन । शुक्रवार विहान स्थानीय एक मेडिकलमा सामान्य चेकजाँच र उपचार गरेर घर फर्किएकी थिइन । मेडिकलबाट फर्किएर घरको बरण्डामा बसेकी लक्ष्मी एक्कासी घरको बरण्डा भत्किँदा च्यापिएकी थिइन । बर्षातका कारण केहि सडकहरुमा क्षती पुगेको र अन्य स्थानीयमा कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।फाइल फोटा