Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

कर्णाली सरकारका नाममा अन्तरिम आदेश जारी

सुर्खेत  :  कर्णाली प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरिएको छ । आईतबार कर्णाली सरकार र प्रदेश अस्पताल विरुद्ध उच्च अदालत सुर्खेतमा रिट परेपछि अदालतले अन्तरिम आदेश जारी गरेको हो ।
अन्तरिम आदेश जारी गर्दै उच्च अदालत सुर्खेतले प्रदेश सरकारलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ । कोभिड–१९ रोकथाम, नियन्त्रण र व्यवस्थापनमा लापावाही गरेको भन्दै अधिवक्ता गणेश ओलीले उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए ।

कोरोना संक्रमणको दोस्रो भेरियन्ट समुदाय स्तरसम्म व्यापक रुपमा फैलिएर मृत्यु दर समेत उच्च बढेको र संक्रमण रोकथामका लागि प्रदेश सरकार र प्रदेश अस्पतालले लापरवाही गरेको भन्दै उनले रिट दायर गरेका हुन् ।

रिटमा प्रदेश सरकार र अस्पतालले नेपालको संविधान विपरित नागरिकको स्वास्थ्यमा खेलबाड गरेको उल्लेख छ । माहामारी समयमा प्रदेश सरकार नागरिकको स्वास्थ्य प्रति संवेदनशिल नबनेको रिटमा उल्लेख छ ।साभार नेपाली रैवार