Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

९ हजार २४७ कोरोना संक्रमित थपिए

काठमाडौँ :  नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार २ सय ४७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार देशभर २१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

गत २४ घण्टामा ५ हजार ७ सय ६७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ लाख १३ हजार ४८० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत चौबीस घन्टामा २१ हजार ६ सय ५३ पीसीआर तथा ४३४ एन्टिजेन परीक्षण भएको छ।