Loading... आजः सोमवार, असार ७, २०७८
Trending

दैलेखमा कोरोना सङक्रमण बाट मत्यु हुनेको संख्या २० पुग्यो

दैलेख  :  दैलेखमा कोरोना संक्रमणबाट २०जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार २०७७ मा दैलेखमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको थियो । बैशाखयता मात्रै १४ जनाको मृत्यु भएको हो । वैशाख लागेसँगै सुरु भएको कोरोनाको दोस्रो लहरले दैलेखलाई पनि गाँजेको छ ।

आज(सोमवार) ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार ३ सय ८९ छ । हाल जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ५ सय ५८ जना रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए । उनका अनुसार हाल ३६ जना मात्रै आइसोलेसनमा उपचाररत छन् । टि पी रेग्मीको फेसबुकमा राखेको बिवरण अनुसार तयार पारिएको समाचार

error: Content is protected !!