Loading... आजः सोमवार, जेष्ठ ३१, २०७८
Trending

सुर्खेतमा थप दुई हप्ता निषेधाज्ञा

सुर्खेत :  सुर्खेतमा थप दुई हप्ता निषेधाज्ञा लागु गर्दै कडाई गर्ने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार शुक्रबार रातीदेखि लागुहुने गरी थप दुई हप्ता निषेधाज्ञा लागु गर्ने तयारी गरिएको हो । यसअघि लागु भएको निषेधाज्ञाको अन्तिम मिति भोली सकिदैछ ।

यसअघि लागु भएको निषेधाज्ञा कार्यान्वयनमा स्थानीयले ख्याल ठट्टा गर्न थालेपछि अब लागुहुने निषेधाज्ञा अवधिमा प्रशासन थप कडाई गर्ने तयारीमा छ । कोरोना संक्रमणसँगै मृतक संख्या बढ्दै गएपनि स्थानीयले निषेधाज्ञा उल्लंघन गर्न थालेपछि प्रशासन कडाई गर्ने तयारीमा लागेको हो ।

हालको स्थितीलाई हेर्दा निषेधाज्ञा थपेर कडाई गर्नुको विकल्प नभएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । उनका अनुसार अब थपिने निषेधाज्ञा अवधिमा कोही कसैले पनि निस्फिक्रि हिडडुल गर्न तथा व्यवसाय संचालन गर्न पाउने छैनन् ।

error: Content is protected !!