Loading... आजः सोमवार, जेष्ठ ३१, २०७८
Trending

नगरपालिकाका सम्पूर्ण सेवा एक साता बन्द

दैलेख :  नारायण नगरपालिकाले नगरपालिका सहित वडाहरूका सम्पूर्ण सेवाहरू एक साता कालागि बन्द गरेको छ । कर्मचारीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएपछि महामारी थप फैलन नदिन वडासहित नगरपालिकाका सम्पूर्ण सेवाहरू एक साता बन्द गरिएको जनाइएको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै सङ्क्रमण रोग नियन्त्रण कालागि दैलेख प्रशासन द्वारा जारी भएको आदेशलाई मध्यनजर गर्दै कोरोना भाइरस नियूनिकरणका लागि वडा सहित नगरपालिकाका सम्पूर्ण सेवा वैशाख २२ गते (बुधवार) देखि एक साता बन्द गरिएको जनाएको हो ।

जिल्लामा कोरोना भाइरस दिन प्रतिदिन बढ्दै गएकाले धार्मिक कार्यक्रम लगायतका भिडभाड हुने कार्य नगरी स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालना गर्दै सबैलाई सुरक्षित रहन सुचनामा आग्रह समेत गरेको छ
यस्तै, मंगलबार कोरोना परीक्षण गरिएका ३६ जना मध्ये ९२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएकाले आम नागरिकलाई सुरक्षित रहन स्वास्थ्य सेवा कार्यालय दैलेखले समेत अपिल गर्दै आएको छ ।

error: Content is protected !!