Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

५८ जनाको मृत्यु, आठ हजार ६५९ जनामा संक्रमण पुष्टि

..

काठमाडौं : बुधबार नेपालमा कोरोनाभाइरसका अहिलेसम्मकै सर्वाधिक मृतक र संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ ।

अहिलेसम्मकै सर्वाधिक संक्रमित पनि बुधबार थपिएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार ६५९ जना भाइरस संक्रमण पुष्टि भएको छ ।
नेपाल सरकारले भने कोरोना महामारी बाट नागरिकलाई बचाउँनका लागि विभिन्न देशहरु संग खोप खरिद गर्ने तयारी समेत गरेको छ ।