Loading... आजः सोमवार, जेष्ठ ३१, २०७८
Trending

बलिउड अभिनेत्री कंगनालाई कोरोना संक्रमण

एजेन्सी : बलिउड अभिनेत्री कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार सामाजिक सञ्जालमार्फत आफू संक्रमित भएको जानकारी दिएकी हुन् ।
उनले केही दिन अगाडि कोरोना परीक्षण गराएकी थिइन् । आज उनमा संक्रमण पुष्टि भएको जानकारी गराएकी छन् । उनी डाक्टरको सल्लाहअनुसार होम आइसोलेसनमा बसिरहेकी छन् ।

उनले कोरोनाको लक्षण देखिएपछि परीक्षण गराएकी थिइन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेकी छन्, “ मलाई केही दिनदेखि थकाई महसुस भइरहेको थियो । आँखा पोलिरहेको थियो । मैले हिमाञ्चल जानुभन्दा अगाडि कोरोना परीक्षण गराएको थिएँ । आज नतिजा आएको छ । म अहिले घरभित्र नै बसिरहेकी छु ।

error: Content is protected !!