Loading... आजः आइतवार, बैशाख २६, २०७८
Trending

गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त

काठमाडौं  :  गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त भएका छन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गरेकी हुन्। राष्ट्रपति कार्यालय स्रोतका अनुसार केहीबेरमा विज्ञप्ति सार्वजनिक हुनेछ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले दुवैलाई पदमुक्त गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। उनीहरू दुवैजना माओवादी केन्द्रनिकट हुन् ।

error: Content is protected !!