कर्णालीमा २१४ कोरोना संक्रमित थपिदा, तीन जनाको मृत्यु
सुर्खेत : दोस्रो लहरको कोरोना भाइरस संक्रमण दर कर्णालीमा उच्च गतिवमा बढेको छ । पछिल्लो २४ घण्टामा गरिएको ३०२ जनाको आरटी पीसीआर परीक्षणमा २१४ जनामा कोरोना पुष्टि भएको हो । यी मध्य १७२ जना सुर्खेतका हुन् ।
यस्तै, दैलेखका २१, जुम्लाका नौं, कालिकोटका चार, मुगुका एक र अन्य प्रदेशका सात जनामध्य बाँकेका तीन, बर्दियाका दुई तथा काठमाडौं र प्युठानका एक(एक जना छन् । पछिल्लो २४ घण्टामा ४३७ जनामा गरिएको र्यापिड एन्टीजेन परीक्षणमा ४५ जनामा कोरोना पुष्टि छ । पुष्टी हुनेमा दैलेखका ११, जुम्ला र कालिकोटका १३/१३, डोल्पाका ६ र मुगुका दुई जना छन् ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । मृत्यु हुनेमा सल्यानका दुई र सुर्खेत एक जना छन् । कर्णालीमा दोस्रो लहरको कोरोना संक्रमणबाट मात्रै १६ जनाको मृत्यु भएको छ ।
यसअघि पहिलो चरणको कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु भएको निर्देशनालयको भनाई छ । कर्णालीमा हाल सक्रिय संक्रमितको संख्या एक हजार ६३३ पुगेको छ । पछिल्लो २४ घण्टामा आइसोलेसनमा बसेका १० जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन् ।