Loading... आजः बिहिबार, बैशाख १३, २०८१
Trending

दैलेखमा २४ जना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या १३२ पुग्यो

दैलेख :  दैलेखमा शनिवार थप २४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । दैलेख अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा ३५ जनामा गरिएको आरटी–पीसीआर परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको हो । आरटी–पीसीआर परीक्षणमा कारोना संक्रमण पुष्टि भएका सबै संक्रमित नारायण नगरपालिकाका हुन् ।

यस्तै एन्टिजेन परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए । दुल्लु नगरपालिकामा ७, नारायण नगरपालिकामा एक, आठबीस नगरपालिकामा २ र नौमूले १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै दैलेखमा सक्रिय संक्रमितको संख्या एक सय ३२ जना पुगेको छ । जिल्लामा नयाँ भेरियन्ट सहित तिव्र गति फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण दुई जनाको मृत्यु भईसकेको छ ।