Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

चट्याङ लागेर दम्पती घाईते

दैलेख  : दैलेखमा चट्याङ लागेर एक दम्पती घाइते भएका छन । जिल्लाको नारायण नगरपालिका –६ बस्ने ४८ वर्षिय यामनारायण उपाध्याय र उहाँकी श्रीमती बसन्ता उपाध्याय घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरक्षक इन्द्रजीत सुनारले नारायण नगरपालिका–६ काँडाचौरस्थित घरको आँगनमा बसिरहेका बेला चट्याङ लागेर घाइते भएको बताए । उनले उनीहरुको उपचार जिल्ला स्वास्थ्य सेवा कार्यालयमा भइरहेको र अवस्था सामान्य भएको बताए ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय डाक्टर जीवन ज्ञावलीले चट्याङ लागेर घाइेत एएका दम्पतीको अवस्था समान्य रहेको बताए । उनले चट्याङ लागेर ढल्दा टाउकोमा चोट लागेको बताए । चट्याङ लागेर घाइते भएका ४८ वर्षिय यामनारायण उपाध्याय नेकपा एमाले जिल्ला कमिटि सदस्य समेत रहेका छन ।