Loading... आजः सोमवार, अशोज २८, २०८१
Trending

सुर्खेतमा सात दिन निषेधाज्ञा थप

 

सुर्खेत  :  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर कोरोना हटस्पट बन्न थालेपछि जारी निषेधाज्ञा सात दिन थप्ने निर्णय गरिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले सुर्खेतमा कोरोना संक्रमितहरुको संख्या बढेकाले सात दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण दर सात दिनमा मात्रै कम हुने सम्भावना नदेखिएकोले बैशाख २७ गतेसम्म निषेधाज्ञा थप गर्ने केन्द्रले निर्णय गरिसकेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । उनकाअनुसार अनुगमनका कडाइ गर्ने र निषेधाज्ञाको उलंघन गर्नेलाई संक्रामक रोग ऐन अन्तरगत कारवाही गरिने छ ।

कोरोनाको संक्रमण दर भयावह बन्ने अवस्था देखिएकाले आम सुर्खेतबासी नागरिकहरुलाई कोरोना संक्रमणबाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्न र निषेधाज्ञामा घरमै बसेर कोरोना हुनबाट जोगिन साथ दिन प्रजिअ रिजालको आग्रह छ । सुर्खेतमा यहीँ बैशाख १४ गतेबाट सात दिन निषेधाज्ञा जारी गरिएको हो । पछिल्लो २४ घण्टामा मात्रै कोरोना पुष्टि भएका २१४ जना मध्य १७२ जना सुर्खेतका छन् ।