Loading... आजः सोमवार, जेष्ठ ३१, २०७८
Trending

दैलेखमा कोरोना संङक्रमण बाट गर्भवतीको मृत्यु

दैलेख :  कोरोना संक्रमणका कारण शुक्रबार दैलेखमा एक गर्भवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा नारायण नगरपालिका–६ की २७ वर्षीया महिला रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थिरप्रसाद रेग्मीले जानकारी दिए ।

१० महिनाकी गर्भवती रहेकी उनी बिरामी परेपछि उपचारका लागि अस्पताल लगिएकोमा कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।

उनको स्वास्थ्य सेवा कार्यालय दैलेखमा मृत्यु भएको हो। उनको बच्चा हुने समय नाघिसकेकाले दैलेख अस्पतालले सुर्खेत रिफर गरेको थियो । अस्पतालले रिफर गरेको भए पनि उनी नगएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख रेग्मीले बताए ।कोरोना संङक्रमण बाट मृत्यु भएकी गर्भवतिको नेपाली सेनाको इन्द्रदल गुल्म बाट गएको टोलीले शवको व्यवस्थापन गरेको छ ।

error: Content is protected !!