Loading... आजः बिहिबार, मंसिर १६, २०७८
Trending

वैकल्पिक सरकारबारे संख्या पुग्नु परेन : देउवा

काठमाडौं  : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैकल्पिक सरकार निर्माणका लागि तत्काल परिस्थिति नबनेको बताएका छन् । उनले आफूहरूसँग पर्याप्त संख्या नपुगेकोले यो विषय थाती रहेको उल्लेख गरे ।

आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने सरकार बनाउन त बहुमत चाहियो नि । जसपाले निर्णय गरेको छैन । हामीसँग बहुमत छैन के गर्ने ’ पत्रकार सम्मेलनमा देउवाले कोरोनासँग सम्वन्धी विषयमा पार्टीको धारणा र विचारहरूबारे लिखित मन्तव्य पेस गरेका थिए । पत्रकारहरूले भने राजनीतिक विषयमा बढी चासो राखे ।
एक पत्रकारले सोधे,अहिलेको सरकारले केही गर्न सकेन, तपाईंहरूको नेतृत्वमा वैकल्पिक सरकार आए यो समाधान हुन्थ्यो कि भन्ने जनताले अपेक्षा गरेका छन् । त्यो कति सम्भावना छ ’ देउवाले झर्किँदै भने, ए बाबा, हामीसँग सरकार बनाउने संख्या नै छैन । जसपाले निर्णय नगरी कसरी हुन्छ ’

जसपासँग तपाईंको कुरा भएको छैन भन्ने पत्रकारको प्रश्नमा उनल जवाफ दिए, कुरा त भइरहेको छ नि, तपाईंहरुलाई सबै कुरा किन भन्ने ’ देउवाले एमसीसी सांसदबाट पारित हुनुपर्ने बताए । तर, यो विषयमा बाहिर आएजस्तो माओवादी अध्यक्ष प्रचण्डसँग आफ्नो कुनै सहमति नभएको उनको भनाइ थियो ।

error: Content is protected !!