Loading... आजः आइतवार, बैशाख ७, २०८२
Trending

शनिबार २,६१८ संक्रमित थपिए, १४ जनाको मृत्यु


काठमाडौं  : शनिबार मुलुकमा कोरोनाभाइरसका २,६१८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,६६८ वटा पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । २४ घण्टामा थप १४ जनाको मृत्यु भएको विवरण उपलब्ध भएको छ । सोही अवधीमा ३६८ जना निको भएका छन् ।

सक्रिय संक्रमित संख्या १६,८२८ पुगेको छ । कूल संक्रमित संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । कुल मृतक संख्या ३,१३६ पुगेको छ