Loading... आजः मङ्लबार, बैशाख ४, २०८१
Trending

शनिवार सुर्खेतका मात्रै १०७ जनामा कोरोना पुष्टी


सुर्खेत  :  कोरोना भाइरसको दोस्रो लहरका कारण कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर भयावह अवस्थामा पुग्ने खतरा देखिएको छ । पछिल्ला केही दिनहरुमा संक्रमितको दर ह्वात्तै बढेपछि कोरोनाको हटस्पट वीरेन्द्रनगर बन्ने निश्चित बनेको हो ।

पछिल्लो २४ घण्टामा कुल १५६ जनामा गरिएको कोरोना परीक्षणमा १२६ जनामा पुष्टी भएको छ । योमध्य १०७ जना सुर्खेतका हुन् । संक्रमितमध्य बाँकी सात जनाहरुमा दैलेख र सल्यानका तीन(तीन जना, जुम्ला र कालिकोटका दुइ÷दुइ जना, जाजरकोट र डोल्पाका एक÷एक जना र अन्य प्रदेशका एक जना छन् ।

सुर्खेतमा कोरोना पुष्टी भएकामध्य विद्यार्थी २१, कर्मचारी १९, शिक्षक १९, गृहिणी १४, बैंक र सहकारीका कर्मचारी १२, सुरक्षाकर्मी सात, कृषी, ब्यवसायी र स्वास्थ्यकर्मी पाँच(पाँच जना छन् । यस्तै, भारतबाट फर्केका पाँच, पत्रकार तीन, चालक दुई र राजनीतिज्ञ एक जना छन् ।

होम आइसोलेश र अस्पतालको आइसोलेशनमा बस्नेको कुल सक्रिय संक्रमितको संख्या भने ४११ जना छन् । यीमध्य सुर्खेतमा ३२९ जना हुन् । सुर्खेतमा होम आइसोलेसन, वीरेन्द्रनगरमा ३१०, कर्णाली प्रदेश अस्पतालमा १७ र श्री नम्बर २ राजदल गण एयरपोर्ट सुर्खेतमा २ जना आइसोलेशनमा बसिरहेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

यस्तै, दैलेखमा आइसोलेशनमा बसेका २६ जना मध्ये दैलेख जिल्ला अस्पताल आइसोलेशन अस्पतालमा २२, लयाटीबिन्द्रासैनि हेल्थ पोष्ट आइसोलेशन सेन्टर र राकमकर्णाली आइसोलेशन आठबीस नगरपालिकामा दुइ जना आइसोलेशनमा बसिरहेका छन् । जाजरकोटमा चार र सल्यानमा ५२ जना आइसोलेशनमा बसेर उपचार गराइरहेको निर्देशनालयको भनाइ छ ।

केही हुँदैन् भन्दै नागरिकहरुले स्वास्थ्यका मापदण्डहरु पालना नगर्दा वीरेन्द्रनगरमा कोरोना संक्रमण दर ह्वात्तै बढेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननीधि वाग्लेको भनाई छ ।‘कोरोना संक्रमण रोक्न सबै पक्ष गम्भीर नभए वीरेन्द्रनगरमा भयावह बन्ने उच्च खतरा छ,’ वाग्लेले भने, अनिवार्य मास्क लगाउने, सेनेटाइजर प्रयोग गर्ने र सामाजिक दुरी कायम गरेर दैनिक कार्य गर्नमा कुनै कञ्जुसाइ नगर्न आम नागरिकहरुलाई आग्रह गर्दछु ।’