Loading... आजः सोमवार, असार ७, २०७८
Trending

नवनियुक्त मन्त्रीहरुको सपथग्रहण ६ बजे हुने


सुर्खेत  :  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीद्वारा नवनियुक्त तिन जना मन्त्रीको सपथग्रहण कार्यक्रम आज (आइतबार) बेलुका ६ बजे हुने भएको छ ।

फ्लोर क्रस गरेर मन्त्री बनेका भौतिक पूर्वाधार मन्त्री अमर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री नन्दसिंह बुढा र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कुर्मराज शाहीको सपथग्रहण कार्यक्रम बेलुका ६ बजे तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबाट मन्त्रिपरिषद् पुनर्गठनबारे पत्र दिउँसो २ बजे पेश गरेको र नवनियुक्त मन्त्रीको सपथ ग्रहणको कार्यक्रम बेलुका ६ बजे तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

error: Content is protected !!