Loading... आजः सोमवार, असार ७, २०७८
Trending

दैलेख बस दुर्घटना : ११ घाइते, दुई जनाको अवस्था गम्भिर

दैलेख  :  दैलेखमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । दैलेख–सुर्खेत सडक खण्ड अन्तरगर्त दैलेखको गुराँस गाउँपालिका –४ स्थित गाईबान्नामा बस दुर्घटनामा परेको हो । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट दैलेख सदरमुकाम तर्फ आईरहेको ना ७ ख ६९६३ नम्बरको बस दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक (डिएसपी) अनुपम श्रेष्ठले बस अनियन्त्रित भई सडकमै पल्टिएको जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परेको बसमा २९ जना यात्रु सवार थिए । बसमा सवार २९ जना यात्रु मध्ये ११ जना घाइते भएका छन । बाँकी यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ । घाइते ११ मध्ये दुई जनाको अवस्था गम्भिर रहेको र घाइतेहरुको थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत तर्फ पठाईएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

error: Content is protected !!