Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

एमाले–माओवादी ब्युँताउने फैसला पुनरावलोकन गर्न सर्वोच्चको अस्वीकार

काठमाडौं  :  नेकपा एमाले र नेकपा मओवादी केन्द्रबीचको एकता बदर गर्ने सर्वोच्च अदालतको आदेशमा पुनरावलोकन नहुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सर्वोच्च अदालतमा दिउको पुनरावलोकन सम्बन्धी मुद्दामा अनुमति नहुने आदेश दिइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशद्वय तेज बहादुर केसी र प्रकाश ढुंगानकाको पूर्ण इजलासले पुनरावलोकन नगर्ने आदेश दिएको हो ।

नेकपा आफ्नो पार्टीको नाम भएको भन्दै ऋषिराम कट्टेलले दिएको रिटमा न्यायाधीशद्वय बम बहादुर श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २३ गते एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई एकीकरण पूर्वको अवस्थामा फर्काइदिने फैसला गरेको थियो । नेकपा दर्ता खारेक गर्ने अदालतको फैसला पुनरावलोकनका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंगलबार रिट दायर गरेका थिए ।