Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

जलवायु परिर्वतनको असरले फुलेन लालीगुराँस


दैलेख  :  गुराँसको राजधानी भनेर चिनिने पश्चिम नेपालको चर्चित पर्यटकीय गन्तव्य गुराँसे रानिमत्तामा क्षेत्रमा आधा चैत बित्न लाग्दा पनि यस वर्ष पर्याप्त गुराँस फुलेको छैन । गुराँस हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने बेला कम मात्रै गुराँस फुल्दा पर्यटक निराश बन्न थालेका छन् ।
जलवायु परिवर्तन र मानवयि लापारवाहीका कारण यस वर्ष पहाडी दैलेख जिल्लाको गुराँसेको रानिमत्तामा प्राकृतिक फुल फुल्न नपाए पछि बसन्त ऋतुको अभाष हुन थालेको छ । माघ अन्तिम साताबाटै फुल्न थाल्ने गुराँस यो वर्ष ढिला फुले पनि सिमित मात्रामा फुलेको हो । यति बेल जिल्लाका अधिकाँस क्षेत्रमा लालीगुराँस फुलेर ढकमक्क भएर समय भएपनि यस वर्ष लालीगुराँस फुल्ने मौसम शुरु भएपनि नफुल्दा न प्राकृतिक सुन्दरता देखिएको छ भने न आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल शुन्य भएको छ ।
जिल्लाको गुराँसेको रानीमत्ता,मालिकालेख,छान्ना लगायतका क्षेत्रमा रहेका जंगलमा फुलेका गुराँस फुल संग रमाउन र फोटा खिच्न र टिकटक बनाउन जाने आन्तरिक तथा बाह्यपर्यटकले चहल बढ्ने क्षेत्रमा भने यो वर्ष सुनशान देखिएको छ । फागुन र चैत महिनामा गुराँस फुल्ने समयमा पनि नफुल्दा चहलपहल नभएको हो । धार्मिक तथा पर्यटकीय महत्वसँग जोडिएको गुराँसेको रानिमत्ता क्षेत्रमा यतिबेला लालीगुराँस फुलेर राताम्मै हुने गरेपनि यो वर्ष गुराँस फुल्न छाडेको स्थानीय बासिन्दाहरुले बताएका छन् ।
गुराँसे फुल्ने गुराँस फुल आन्तरिक तथा बाह्य पर्यटकले भाच्न थालेपछि गुराँस गाउँपालिकाले गुराँस संरक्षण कार्यक्रम संचालन समेत गरेको थियो । गुराँस गाउँपालिका –५ का हरि कडेलले यस वर्ष हिउँदमा पानी नपरेकाले लालीगुराँस कम फुलेको बताए । उनले मौसम अनुसार तलबाट क्रमश माथितिर जेठ मसान्तसम्म नै गुराँस फुलिरहने गर्छ । तर यो वर्ष तल्लो क्षेत्रमै ढिलो र कम मात्रै गुराँस फुलेकाले माथिल्लो क्षेत्रमा अझै ढिलासम्म गुराँस फुल्ने अनुमान गरिएको बताए । उनले भने यस वर्ष फुलेका लालीगुराँस पनि साना कोपिला रहेको र अधिकाँस रुखमा गुराँस नफुलेको बताए ।
गुराँस गाउँपालिका –५ गुराँसेमा होटल ब्यवसाय गरिरहनु भएका नौमुले होटलका संचालक कृष्ण शर्माले गुराँस फुलेर ढकमक्क हुने यो बेला पर्यटकको आगमन हुने र होटल व्यवसाय राम्रो हुने भएपनि यो वर्ष पर्यटकको चहलपहल कम भएको बताए । उनले विगतमा फागुनमै गुराँसेका सबै डाँडाकाँडा गुराँस फुलेर राताम्मे भइसक्थो । तर यो वर्ष भने चैतको दोस्रो सातासम्म पनि गुराँसका कोपिला मात्रै लाग्दैछन् । उनले भने जलवायु परिवर्तनका कारण पछिल्ला वर्षमा गुराँस फुल्ने समयमा परिवर्तन आएको हुन सक्छ ।