Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

एमाले सांसदमा जानुकादेवी मनोनयन


काठमाडौँ  :  निर्वाचन आयोगले एमालेको समानुपातिक सूचीमा रहेकी जानकीदेवी रामलाई प्रतिनिधिसभा सदस्यमा चयन गरेको छ।

दलिततर्फको समानुपातिक सूचीबाट सांसद बनेकी सानु शिवाको निधन भएपछि रिक्त रहेको स्थानमा पार्टीको सिफारिसअनुसार आयोगले रामलाई निर्वाचित गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार बन्द सूचीको रोलक्रममा रहेकी रामलाई निर्वाचित गरिएको बारे संघीय संसद सचिवालयलाई पत्र पठाइएको छ। एमालेको चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकले सानु शिवाको निधन भएपछि रिक्त रहेको ठाउँमा जानकीदेविलाई पठाउने निर्णय गरेको थियो।

बन्द सूचीमा शिवापछि धनकुमारी सुनारको नाम भए पनि उनले एमाले परित्याग गरिसकेकाले रामले अवसर पाएकी हुन्। आयोगको निर्णयसँगै संसदमा एमाले सांसद पूरा भइ १२१ भएको छ।