Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

१६२ सङ्क्रमित थपिए, ५९ कोरोनामुक्त

काठमाडौ  : नेपालमा कोरोनाभाइरसका १६२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ९१९ जनाको आरटीपीसीआर परीक्षणमा १६२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थय तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित संख्या दुई लाख ७७ हजार ३०९ पुगेको छ । पछिल्लो चौबीस घण्टामा ५९ जना सङ्क्रमित निको भएका छन् । उक्त संख्यासँगै नेपालमा कोभिड १९ बाट मुक्त हुनेको संख्या दुई लाख ७२ हजार ७८६ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल एक हजार ४९३ जनामा कोभिड १९ भाइरस सङ्क्रमण सक्रिय रहेको छ । ५९ जना हाल क्वारेन्टिनमा छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोभिड १९ बाट हुने मृत्युको पुष्टि भएको छैन् । हालसम्म कोभिड १९ बाट नेपालमा तीन हजार ३० जनाको मृत्यु भएको हो ।