Loading... आजः सोमवार, अशोज २१, २०८१
Trending

विश्वासको मत लिन कर्णालीका मुख्यमन्त्रीलाई प्रदेश प्रमुखको पत्र


सुर्खेत  : कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत लिनका लागि ध्यानाकर्षण गराएका छन्।
कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पठाएको पत्रमा नेकपा एमाले स‌ंसदीय दलले दिएको समर्थन फिर्ताबारे ध्यानाकर्षण गराइएको छ।

एमालेले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन चैत ४ गते फिर्ता लिएको थियो। तर माधव समूहमा रहेका केही प्रदेशसभा सदस्यहरुले भने समर्थन कायमै रहेको बताएका थिए। तर पछिल्लो समय माधव समूह पनि शाही सरकार ढाल्न सहमत भएको बुझिएको छ।

प्रदेश प्रमुखको कार्यालयबाट मुख्यमन्त्री शाहीलाई पठाइएको पत्रमा चैत ५ देखि लागू हुने गरी मुख्यमन्त्रीमाथि समर्थन फिर्ता गर्नेबारेको एमाले प्रदेशसभा संसदीय दलको पत्र ५ गते जानकारी गराइसकिएकोमा प्रदेश प्रमुखको आदेशानुसार नेपालको संविधानको धारा १८८ को उपधारा ९२० मा ध्यानाकर्षणपत्र प्रेषित गरिएको उल्लेख छ।

संविधानको धारा १८८ को २ अनुसार सरकारमा रहेको दल विभाजन भए वा समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने उल्लेख छ। मुख्यमन्त्री शाहीले विश्वासको मत जित्ने दाबी गर्दै आएका छन्।