Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

लिफ्ट प्रविधि सहितको सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण हुदै


दैलेख  :  स्थानीय सरकारको गठन भए देखी भाडाँको घरमा बसेको जिल्लाको भगवतिमाई गाउँपालिकाले आफ्नै लिफ्ट प्रविधि सहितको सुविधा सम्पन्न गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य लाई तिब्रता दिएको छ । संघिय सरकार र गाउँपालिकाको सयुक्त लगानीनमा निर्माण हुन लागेको लिफ्ट प्रविधि सहितको प्रशासनिक भवनको एक तला ढलान गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले गाउँपालिकाका नागरिकलाई एउटै स्थान बाट सेवा दिने उद्देश्यले डिपिआर निर्माण गरेर भवन निर्माण थालिएको बताए । उनले आफ्नै भवन नहुँदा सेवाग्राहीलाई समेत सेवा लिन समस्या भएको बेला गाउँसभाले संघिय सरकार र गाउँपालिकाको सयुक्त साझेदारीमा भवन निर्माणका लागि पाँच करोड ७० लाखमा सम्झौता गरिएको बताए । उनले अर्को आर्थिक वर्षको अन्तीम सम्म भवन निर्माण सम्पन भएर हस्तान्तरण हुने बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखत बहादुर खड्काले निर्माधिन भवनको नियमित अनुगमन गरिएको बताए । उनले गुणस्तरीय संरचना निर्माणका लागि गाउँपालिका प्राबिधि,निर्माण कम्पनीको प्राबिधिकलाई जिम्मेवारी दिएको बताए । उनले नयाँ भन्ने प्रशासनिक भवनमा न्यायिक समितिको ईजलास, कार्यपालिका मिटिङ्ग हल, सभा गोष्ठी, कार्यक्रम हल, नगर प्रमुख, उप प्रमुख र प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्ष र नगर कार्यपालिकाको सबै शाखाहरुको व्यवस्थापन सहितको ६२ कोठाको हुने बताए । उनले भवन निर्माणकाको जिम्मा खामप्याचे निर्माण कम्पनीले लिएको जानकारी दिए ।

भवन निर्माण भएमा गाउँपालिकाको मासिक एक लाख ५० हजार घर भाडा बस्च्ने जनाइएको छ । गाउँपालिकाका अधिकाँस भवन साविकका गाबिस भवन भएको स्थानमा भएको स्थानमा सहज भएपनि गाउँपालिकाको पाएक पर्ने स्थान बेस्तडा भएको र त्यहा कुनै पनि गाविसको संरचना नहुँदा भाडामा बस्नु पर्ने बाध्यता रहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्काले सम्पती कर प्रणाली लागु गर्न पनि व्यवस्थित राजस्व शाखा आवश्यक पर्ने हुदाँ भवन निर्माण सगै त्यो कामलाई प्रथामिकता राख्ने बताए ।

उनले सम्पति कर र भूमीकर प्रणालीका लागि गाउँपालिकामा सुचना जारी गरी सम्पती धनीहरुले फारम भरेपनि त्यसलाई कार्यान्वयन गर्न किठन भएको बताए । गाउँपालिकाका लेखा अधिकृत पुर्ण बहादुर बिसीले गाउँपालिकाले वार्षिक १३ लाख भन्दा बढि तिुर्न पर्ने बाध्यताका कारण पनि भवन निर्माण गर्न निर्माण कम्पनीलाई ताकेता गरेको बताए । उनले निर्माण कम्पनीलाई जति सक्दो चाँडो काम सक्न र भुक्तानीका लागि समस्या नमान्न आग्रह गरे ।