Loading... आजः शनिबार, बैशाख २२, २०८१
Trending

किसानले निर्माण गरे घरमै रस्टिक स्टोर

दैलेख  : आलुको पकेट क्षेत्र मानिएको गुराँसेका किसानले आलुमा लाग्ने रोग बाट बचाउँन घरमै रस्टीक स्र्टोर निर्माण गरेका छन संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, गुराँस गाउँपालिकाको आर्थिक सहयोगमा महिला सशक्तीकरण मञ्च नेपालको साझेदारीमा सञ्चालन भएको कोभिड –१९ रेस्पोन्स सोसियो इकोनोमिक रिकोभरी कार्यक्रमको सहयोगमा रस्टिक स्र्टोस निर्माण गर्ने सिप र जाली पाएपछि घरभित्रै गाउँमा पाइने कच्चा पदार्थ बाँस चिरेर निर्माण गरिएको रस्टिक स्र्टोर निर्माण गरेका हुन ।

गुरासँ गाउँपालिका –५ का टेक बहादुर थापाले घरमै पनि सुरक्षीत रुपमा आलुको बिऊ राख्न रस्टिक स्र्टोर निर्माण गरेको बताए । उनले गाउँमा रस्टिक स्र्टोर नहुँदा समस्या भएको र घरमै राख्दा किरा लाग्ने समस्या भएका यहाँका किसानलाई नयाँ प्रबिधि सहितको रस्टिक स्र्टोर निर्माण गर्दा सहज भएको बताए ।

उनले भने हामीले गाउँघरमै पाइने बाँस चिरेर त्यसको प्रयोग मार्फत हावा चल्ले ठाउँमा आलु राख्ने ठाउँ बनाएका छौ । आलु राखेपछि त्यहा चारै तिर बाट जालीले संरक्षण गरेका छौ यसले गर्दा किरा लाग्ने बाट बच्न सकिने रहेछ । सितल कृषि समुहका अध्यक्ष समेत रहनु भएका थापाले पहिलो पटक आलुको बिउ राख्ने प्रविधि थाहा पाए संगै अव किसाले बिउ नपाउने समस्या अत्य हुने बताए ।

गुराँस गाउँपालिका ७ का पुर्ण बहादुर थापाले पहिलो पटक खाने आलु र बिऊका लागि आलु ग्रेडिङ गरेको बताए । उनले आलुको बिउ राख्नका लागि विषदी हालेर राख्ने गरेको भएपनि किरा लाग्ने समस्या कारण बिउ नै नबच्ने हुँदा यो पटक घरमै रस्टिक स्र्टोस निर्माण गरेको बताए ।

गुरासँ गाउँपालिकाका कृषि शाखा पुर्ण खड्काले गुराँसेमा आलु उत्पादन भए पनि बिऊ राख्न कठिन भएको अवस्थामा यो प्रविधिले सहज हुने बताए । उनले आलु उत्पादन गर्ने र आलुको बिउ राख्ने किसानले बिउमा किरा लाग्ने समस्या परेको भएपनि अव त्यो समस्या केही रुपमा समधान हुने बताए ।