Loading... आजः सोमवार, असार ७, २०७८
Trending

एमालेका नेता पाण्डे र भुषाल छ महिनाका लागि निलम्बित

काठमाडौं  :  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले थप दुई नेतालाई छ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ । नेता सुरेन्द्र पाण्डे तथा घनश्याम भुषाललाई निलम्बन गर्ने निर्णय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । यसअघि एमालेले नेताहरु माधवकुमार नेपाल र भीमबहादुर रावललाई निलम्बन गर्ने निर्णय गरेको थियो । नेताद्वय पाण्डे र भुषालले स्पष्टीकरणको जवाफ ढिला दिनुभएको र स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि निलम्बनको निर्णय भएको उनले जानकारी दिए ।

पहिलो पटकको स्पष्टीकरणको जवाफ नदिएपछि नेता पाण्डे र भुषाललाई १६ गते पुनः अर्को स्पष्टीकरण सोधिएको थियो । पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने पार्टी भित्रको सहकार्यलाई क्षतविक्षत गर्ने, अवैधानिक गुटगत भेला गर्दै हिँडेको आरोप दुवै नेतालाई लागेको छ । स्पष्टीकरणमा सोधिएअनुसार आफ्नो त्रुटि र भूल स्वीकार नगरिएको निलम्बन पत्रमा उल्लेख गरिएको छ ।

error: Content is protected !!