Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

युवा संघ नेपाल जिल्ला कमिटि दैलेखले पायो पूर्णता


दैलेख  :  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि दैलेखले पूर्णता पाएको छ । राष्ट्रिय युवा संघ दैलेखका अध्यक्ष जीवनकुमार शाहीको अध्यक्षतामा बसेको बैठकले जिल्ला कमिटिलाई पूर्णता दिएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दैलेखका कार्यवाहक अध्यक्ष प्रेमबहादुर थापा लगाएत राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय नेताहरुको उपस्थितीमा बसेको बैठकले जिल्ला कमिटि टुंग्याउनुका साथै नगरपालिका, गाउँपालिका, प्रतिनीधि सभा र प्रदेश निर्वाचन क्षेत्र कमिटिको इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिव तोकेको छ ।

बैठकले राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि दैलेखको अध्यक्षमा जीवनकुमार शाही, उपाध्यक्षमा उपेन्द्र केसी, यामबहादुर थापा, नमराज भण्डारी र हिक्मत वली, सचिवमा कमलेस बुढा, सह सहसचिवमा विजयीविक्रम सिजापती, हस्तबहादुर थापा, सुरेन्द्रबहादुर शाही, मोहन वाग्ले, रेशमबहादुर शाही, हेमराज अधिकारी र कोषाध्यक्षमा इन्द्राकुमारी कार्कीलाई जिम्मेवारी दिएको छ ।

राष्ट्रिय युवा संघ दैलेखका अध्यक्ष जीवनकुमार शाहीले जनताको बुहदलीय जनबाद लाई बस्तीस्तर सम्म पु¥याउन युवाहरुलाई एकिकृत गर्दै जाने बताए । उनले राजनिति नपढेका र केही गर्न नसकेर राजनितिमा लाग्ने भन्ने भ्रम चिर्न युवाहरुलाई आय आर्जनमा जोड्दै राजनितिमा लाग्नप्रेरित गर्ने बताए ।